Rule 12A
विद्यालय गाभ्न लिइने आधार
ऐनको दफा १५ बमोजिम दुई वा दुईभन्दा बढी विद्यालयलाई गाभी एउटा विद्यालयमा कायम गर्दा देहायको आधारमा गर्न सकिनेछः–
(क) अनुसूची–३ बमोजिमको पूर्वाधार कायम नरहेको,
(ख) अधिकांश कक्षामा नियम ७७ बमोजिम विद्यार्थी संख्या नभएको,
(ग) दुई वा दुई भन्दा बढी विद्यालयका व्यवस्थापन समितिले एउटै विद्यालयको रुपमा सञ्चालन गर्न संयुक्त निवेदन दिएको ।